१. विभिन्न उमेर र वर्गका व्यक्तिहरूलाई उनीहरूको आवश्यकताअनुरूपको प्राज्ञिक तथा व्यावहारिक ज्ञान, सीप र सूचना प्रदान गर्नेगरी अनौपचारिक शिक्षाको क्षेत्र विस्तार गरिनेछ ।
यस नीतिअन्तर्गत निम्न लिखित कार्यनीतिहरू अपनाइनेछ ः
♦ प्रौढ, महिला र युवालाई साक्षर गराइनेछ ।
♦ वैकल्पिक विद्यालय शिक्षामार्फत विद्यालय जान नपाउने र बीचैमा विद्यालय छाड्नेहरूलाई विद्यालयीय शिक्षाको अवसर प्रदान गरिनेछ ।
♦ विद्यालयीय शिक्षामा जान नसक्नेहरूका लागि व्यावसायिक शिक्षाको प्रबन्ध मिलाइनेछ ।
♦ खुला विद्यालयमार्फत विद्यालय तहको समकक्षी शिक्षा उपलब्ध गराइनेछ ।
♦ विभिन्न तहका शैक्षिक क्षमता र सीप भएका व्यक्तिहरूलाई निरन्तर शिक्षा प्राप्त गर्ने अवसर दिलाइनेछ ।
♦ सचेतनाका लागि मौखिक साक्षरता अभियान सञ्चालन गरिनेछ ।
♦ खुला विश्वविद्यालयमार्फत् उच्च तहको समकक्षी शिक्षा उपलब्ध गराइनेछ ।
रणनीति
माथिका नीति एवम् कार्यनीतिहरूलाई कार्यान्वयन गर्न देहायका रणनीतिहरू हुनेछन् ः
♦ अनौपचारिक शिक्षा शैक्षिक सुचना प्रणाली को आधारमा गाउँ÷नगर शिक्षा योजना तयार पार्ने र यो योजनालाई जिल्ला आवधिक योजना र जिल्ला शिक्षा योजनाको अंगको रूपमा विकसित गर्ने ।
♦ शैक्षिक संस्थाहरूलाई प्रोत्साहित गरी खुला विद्यालय सञ्चालन गर्ने ।
♦ गैरसरकारी संस्था, शैक्षिक संस्था र सामुदायिक अध्ययन केन्द्रहरूले विभिन्न तहका शैक्षिक क्षमता भएका व्यक्तिहरूका निम्ति निरन्तर शिक्षाको प्रबन्ध गर्ने ।
♦ छलफलसत्र र सञ्चारका विभिन्न माध्यमहरू प्रयोग गरी मौखिक साक्षरता कार्यक्रम सञ्चालन गर्ने ।
♦ साक्षरोत्तर शिक्षालाई आयआर्जन कार्यक्रमसँग आबद्ध गर्ने ।
♦ पढ्ने विषयवस्तु तथा पढाउने शैलीमा जीवनोपयोगी सीपहरू आबद्ध गर्ने ।
♦ छुट्टै खुला विश्वविद्यालय नखुलेसम्म उच्च शिक्षाका कार्यक्रमहरू सञ्चालन गर्ने संस्थाहरूबाटै उच्च तहको समकक्षी शिक्षा उपलत्तध गराउने ।